Saturday, August 25, 2012

छोटो कविता भनुँकी गीत ①

सुन्यता

विरानो लाग्यो यो संसार्,सुन्यता अंगाल्न सकिन
क्षणिक लाग्यो यो पल्,विश्वास दिलाउन सकिन
त्यसैले टाढा जाँदैछु नितान्त टाढा

बिर्सिदिनु पराया सम्झी जसरि म बिर्सिएर जाँदैछु
बिर्सिएर पनि घाउ बल्झिए, सहनु
जसरि म बल्झाउने यादहरुलाई दबाएर जाँदैछु

विलाउनदिनु ति अतितहरुलाई त्यही आँखामा
जसरि म रसाइरहने आँखामा पानी छम्किदैछु 
त्यही फुली त्यही ओइलिनदिनु ति सपनारुपी फुलहरुलाई
जसरि म टुङिदै जादैछु,,,,

दु:ख लाग्यो साथ निभाउँदा, निरन्तरता दिन सकिन
हाँसो लाग्यो भाग्यको खेल देख्दा,सफलताको फुलमा काँडा निम्त्याउन सकिन
त्यसैले जिन्दगी देखी टाढा भाग्दैछु
अत्यन्त टाढा,,,,,,विवस टाढा


धन्यवाद