Saturday, February 25, 2017

छोटो कविता भनु कि गीत ②

जीवन ऋतु

हाँसो र रोदनको यो संगम
जन्म र मृत्युको यो संगम
सोचे छोटो काटे लामो
यहि नै त हो जीवन

कहिले जित हाँसोको त कहिले आँशुको
कहिले जित जन्मको त कहिले मृत्युको
सोचे घात बाँचे आश, यहि नै त हो जीवन

एकपल्ट यो ऋतु आउछ सबैमा
आउछ बहार बनि कसैमा त बनि हार कसैमा
एकपल्टको यो समय पाउछ सबैले
बिताउछ यसै कसैले त टुङ्ग्याउछ कसैले
सुखीको लागि बरदान दुखीको लागि अभिशाप
यस्तै न छ यो ऋतु, जीवन ऋतु, यो जीवन ऋतु

No comments: